बुटवल उपमहानगरपालिकामा पाण्डेले बढाए मतान्तर, उपमेयरमा एमाले अगाडि

बुटवल उपमहानगरपालिकामा पाण्डेले बढाए मतान्तर, उपमेयरमा एमाले अगाडि

बुटवल । बुटवल उपमहानगरपालिकामा गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेले लगातार मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मत परिणाम अनुसार पाण्डेको ११ हजार ९८६ मत प्राप्त गरेका छन्। यसैगरी एमाले उम्मेदवार बावुराम भट्टराईले ७ हजार ८७९ मत ल्याएका छन्। राप्रपाको मृगेन्द्र शेरचनले २ हजार २८५ मत ल्याएका छन्। 

त्यसैगरि उप प्रमुखमा भने एमालेकी साबित्रा अर्यालले मतान्तर बढाउँदै अग्रता कायम राखेकी छन्। उनले ८ हजार ८१४ मत पाउँदा गठबन्धनबाट एकीकृत समाजवादी उम्मेदवार चिनबहादुर गुरुङको ६ हजार ३७६ मत आएको छ।

एमाले उम्मेदवार भट्टराईको गृह वार्ड नम्बर ६ को मतगणनामा मत थपिने अपेक्षा एमालेले गरेपनि त्यहाँ समेत कांग्रेस उम्मेदवारको पक्षमा मत बढी गएको एक एमाले नेताले बताए।

३ जेठ, २०७९, १८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।