स्याङ्जा फेदीखोलाको अध्यक्ष, उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी 

स्याङ्जा फेदीखोलाको अध्यक्ष, उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी 

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। पालिकाको अध्यक्षमा घनश्याम सुबेदी र उपाध्यक्षमा देउकुमारी गुरुङ ‘चिजा’ निर्वाचित भएका हुन्। सुबेदीले ३ हजार ८३६ मत ल्याएर विजयी भएका छन। उनका प्रतिस्पर्धी गठबन्धन दलका उम्मेदवार लक्ष्मि प्रसाद बरालले ३ हजार ७०४ मत पाएका थिए। बरालको भन्दा सुबेदीको १३२ मत बढी छ। 

सुबेदी फेदीखोला गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुन्। उनी पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन।

यस्तै उपाध्यक्षतर्फ एमालेकी गुरुङले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका शिव प्रसाद पराजुलीलाई पराजित गरेकी छिन। गुरुङले ३ हजार ९७८ मत पाएर विजयी भएकी हुन्। उनका प्रतिस्पर्धी पराजुलीले २ हजार ३७९ मत पाएका थिए। गुरुङ र पराजुलीबीचको मतान्तर १५९९ रहेको छ।
 

२ जेठ, २०७९, १८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।