तिलोत्तमामा कांग्रेसकै अग्रता

तिलोत्तमामा कांग्रेसकै अग्रता

बुटवलः रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बनाइरहेको छ। अहिलेसम्म सात हजार ६९ मत गणना हुँदा कांग्रेस अग्रस्थानमा छ।

नेपाली कांग्रेसका रामकृष्ण खाँणले मेयर पदमा दुई हजार ६६२ मत ल्याएका छन्। एमालेका मोहन चापागाईँले दुई हजार ५९५ मत ल्याएका छन्।

उपप्रमुखमा एमालेकी जागेश्वरी चौधरी अघि छिन्। उनले दुई हजार ४३५ मत ल्याएकी छिन्। मा‌ओवादीका हेमन्त पाण्डेले एक हजार १६० मत ल्याएका छन्।

२ जेठ, २०७९, ०७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।