बालेन साह पाँच हजार नजिक पुग्दा स्थापित र सिंह २ हजार वरपरै

बालेन साह पाँच हजार नजिक पुग्दा स्थापित र सिंह २ हजार वरपरै

काठमाडौँ : प्रारम्भिक मतगणनाबाटै अग्रता लिइरहेका काठमाडौँ महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राख्दै ४ हजार ९ सय ५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी केशव स्थापित २६ सय १४ अनि कांग्रेसको मेयर उम्मेदवार सिर्जना सिंह श्रेष्ठले २३ सय १५ मत ल्याएका छन्। वडा नम्बर ३२,१,२, ३,४ र ३१ को गणना भइरहेको छ।

३१ बाहेक सबै वडाहरू एमालेको राम्रो जनमत भएको क्षेत्र मानिन्छ। सोही क्षेत्रबाट एमाले उपमेयर उम्मेदवारले स्थापितभन्दा दोब्बर बढी मत ल्याउँदा उनी भने साहभन्दा झन्डै दोब्बर मतले नै पछाडि छन्।

महानगरलाई महानघर बनाउने दाबी गर्दै निर्वाचनमा होमिएकी सिर्जना सिंह प्रारम्भबाटै तेस्रोमा छिन्। ३१ वडा नेपाल कांग्रेसको बलियो सङ्गठन मानिने वडा भए पनि उनले उत्साहजनक मत पाउन सकेकी छैनन्।

उपमेयरमा सुनिता डङ्गोलले निकटतम प्रतिद्धन्दीलाई निकै पुछारमा छाडेकी छिन्।

१ जेठ, २०७९, ०२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।