रुपन्देहीको तिलोत्तमा फेरी कांग्रेसले लियो अग्रता

रुपन्देहीको तिलोत्तमा फेरी कांग्रेसले लियो अग्रता

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा फेरी नेपाली कांग्रेसले अग्रता बनाएको छ। हाल सम्म गणना भएको ४ हजार ९७३ मतमध्ये नेपाली कांग्रेसका रामकृष्ण खाँणले १८ सय १२ मत ल्याएका छन्। 

एमालेका मोहन चापागाईँले १७ सय ४८ मत प्राप्त गरेका थिए। ४ हजार २५७ मत गणना हुँदा भने एमालेका मोहन चापागाईँले अग्रता बनाएका थिए।

त्यस्तै उपप्रमुखमा एमालेकी जागेश्वरी चौधरीले अग्रता कायमै राखेकी छिन्। उनले १७  सय ८ मत प्राप्त गरेकी छिन्। गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका हेमन्त पाण्डेले ८३३ मत प्राप्त गरेका छन्।

१ जेठ, २०७९, १९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।