वडाध्यक्षका उम्मेदवार कुटिएपछि धुर्कोटमा मतगणना अनिश्चित

वडाध्यक्षका उम्मेदवार कुटिएपछि धुर्कोटमा मतगणना अनिश्चित

गुल्मीः धुर्कोट गाउँपालिका–४ जैसीथोकमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार गोपाल थापामाथि कुटपिट भएपछि मतगणना अनिश्चित भएको छ। जिल्लाका अन्य पालिकामा मतगणना चलिरहँदा धुर्कोटमा भने सर्वदलीय बैठक पनि बस्न सकेको छैन।

शुक्रबार साँझ करिब ९ बजे बर्बोटमा माओवादी–एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा वडाध्यक्षका उम्मेदवार थापा घाइते भएका थिए। झडपमा थापासँगै जैसीथोकका निरञ्जन कुँवर र सञ्जय नेपाली घाइते भएका छन्।

घाइतेलाई गुल्मी जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि बुटबल पठाइएको छ। झडपमा सहभागी धुर्कोट रजस्थलका पाँच र गुल्मी दरबार गाउँपालिकाका एक गरी ६ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताएका छन्।

३१ बैशाख, २०७९, १३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।