डा. विवेकको अध्यक्षतामा ११ सदस्यीय सार्क फेड्रेशन अफ अंकोलोजीको नेतृत्व चयन

डा. विवेकको अध्यक्षतामा ११ सदस्यीय सार्क फेड्रेशन अफ अंकोलोजीको नेतृत्व चयन

काठमाडौं : सार्क फेड्रेशन अफ अंकोलोजी नेपालको अध्यक्षमा प्रा.डा. विवेक आचार्य चयन भएका छन्। शुक्रबार सर्वसम्मतिबाट डा. आचार्यको नेतृत्वमा तीन वर्षका लागि ११ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो।

सार्क फेड्रेशन अफ अंकोलोजी नेपालको उपाध्यक्षमा डा. उज्वल चालीसे, महासचिवमा डा. गुरु शरण साह र कोषाध्यक्षमा डा. रोशन मिश्र चयन भएका छन्। 

त्यसै गरी सदस्यमा डा. सन्ध्या चापागाईँ, डा. कपेन्द्र शेखर अमत्य, प्रा. डा. रबिन जोशी, डा. जितेन्द्र परियार, डा. प्रदीप न्यौपाने, डा. अरुण शाही, डा. वीरेन्द्र यादव चयन भएका छन्। 

१८ बैशाख, २०७९, २१:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।