रथ चढेर ललितपुरमा जात्रा सुरु गराए मछिन्द्रनाथले

रथ चढेर ललितपुरमा जात्रा सुरु गराए मछिन्द्रनाथले

काठमाडौँ : सहकाल अनि वर्षाको देवता मानिने रातो मछिन्द्रनाथ जब रथ चढ्छन् अनि ललितपुरमा जात्रा सुरु हुन्छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर ललितपुरमा मछिन्द्रनाथको मूर्तिलाई रथमा राखिन्छ।

आइतबार उतै लोकेश्वर समेत मानिने मछिन्द्रनाथलाई रथारोहण गराइयो। नेपालमा मानिने जात्रामध्ये लामो जात्रा मानिने रातो मछिन्द्रनाथको जात्राको रथ तान्ने साइत भने  पन्चाङग निर्णायक समिति, स्थानीय गुठी अनि ज्यापु समाजले मिलेर निकाल्छ।

पुल्चोकमा आइतबार रथमा मूर्ति राखेपछि तीन दिनसम्म सक्खरको सर्बत खुवाइन्छ। भोटो देखाएपछि जात्रा सम्पन्न हुन्छ।

१८ बैशाख, २०७९, २१:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।