डब्ल्यूएचओका महानिर्देशकको नेपाल भ्रमण सकियो, गए जेनेभा

डब्ल्यूएचओका महानिर्देशकको नेपाल भ्रमण सकियो, गए जेनेभा
फाइल तस्बिर

काठमाडौंः विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससको तीन दिने नेपाल भ्रमण सकिएको छ। भ्रमण पूरा गरी आज उनी जेनेभातर्फ गएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा गेब्रेयसस नेपाल आएका हुन्। उनका साथ डब्ल्यूएचओको दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू पनि आजै जेनेभा गएका छन्।

नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्का र मन्त्री खतिवडासँग बेग्लाबेग्लै भेट गरेका थिए। 

१० बैशाख, २०७९, १३:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।