अदालतले भन्यो : पल र नाबालिगबारे अमर्यादित टिप्पणी नगर्नु

अदालतले भन्यो : पल र नाबालिगबारे अमर्यादित टिप्पणी नगर्नु

काठमाडौँ : जिल्ला अदालत तनहुँले नाबालिग बलात्कार घटना अदालतमा विचाराधीन रहेको भन्दै योसँग जोडिएका कसैप्रति पनि अमर्यादित र अश्लील टिप्पणी नगर्न भनेको छ। पल शाहलाई पुर्पक्षका लागि कारागार पठाउने र मतियार भनिएका कृष्ण जोशीलाई एक लाख धरौटीमा छाड्न दिइएको आदेशमा अदालतले यस्तो लेखेको हो।

जाहेरी परेदेखि नै सामाजिक सञ्जालदेखि सडकसम्म पक्ष र विपक्षमा बहस भएका थिए। नाबालिगको चरित्रहत्या गर्ने अभिव्यक्ति दिने २ जना र सामाग्री प्रसारण गर्ने २ यूट्युवर साइबर ब्युरोको हिरासतमा छन्।

 फैसलापछि यस विषयमा उस्तै गरी हुनसक्ने जोखिम छ नै। अदालतले आम सञ्चार माध्यम, कानुन व्यवसायी र सर्वसाधारणलाई यस्तो आग्रह गरेको छ।

पललाई कारागार पठाउन अदालतले टेकेको पाँच आधार

तनहुँ अदालतको आदेश : पललाई जेल, म्यानेजरको नाममा एक लाख धरौटी

इजलासमा मोहनाले तस्बिर देखाउँदै प्रश्न गरिन्' ती नाबालिकालाई पनि श्रृषा बनाउने हो त श्रीमान् !

पलविरुद्ध बहसकर्ताले इजलासमा पेस गरेका आठ नजिर जसले काट्छ निर्दोष भन्ने तर्क

अदालतले अदालतमा मुद्दा विचाराधीन रहेको र साक्षी प्रमाण बुझ्ने काम बाँकी नै रहेको भन्दै अनुसन्धान, अभियोजन एवं न्यायिक काम कारबाहीको विषयमा र पीडित तथा प्रतिवादी लगायत निजहरूका परिवारजनबारे अमर्यादित र अश्लील ढङ्गले टिका टिप्पणी नगर्न आग्रह गरेको हो।

१० चैत, २०७८, २०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।