बिचौलियाले यातायात कार्यालयलाई बदनाम गरेको मन्त्रीको दाबी

बिचौलियाले यातायात कार्यालयलाई बदनाम गरेको मन्त्रीको दाबी

बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताए ।

मन्त्री दाहालले यातायात कार्यालयमा अझै पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकाले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने आश्वासन दिए। उनले पुराना ढड्डालाई डिजिटल बनाएर सेवालाई सरल बनाउनुपर्ने बताएका थिए।

'हामी अहिले सबै अनलाइन सिस्टमको विकास गर्ने भनेर अघि बढिरहेका छौँ। ठुला ढड्डाहरूलाई सधैँ सुरक्षित गर्न सकिँदैन। त्यसलाई सफ्टवेयरमा, कम्प्युटरमा कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरू पनि मुख्य समस्याको रूपमा रहेको छ,' उनले भने।

उनले लाइसेन्सको चेकजाँच गर्ने समितिले सही गर्ने बेलामा कतै न कतै त्रुटि गरेको बताउँदै  त्यसले सेवाग्राहीहरू समस्या भोगिरहेको बताए।

'एकातिर हेर्दा उहाँहरूसँग स्मार्ट लाइसेन्स छ। यहाँ आएर हेर्दा अहिले पनि फेल भएको हो कि भनेजस्तो छ,' उनले भने' केही मान्छेहरूले कार्यालयहरूलाई बदनाम गराउनतिर अलि बढी खोजे बिचौलियाहरूले। बिचौलियाहरूलाई रोक्नका लागि हामीले कार्यालयलाई पनि कडा निर्देशन गरेका छौँ।'

१३ माघ, २०७८, १३:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।