सेयर बजारमा पहिरो, नेप्से १०० अङ्कले घट्यो 

सेयर बजारमा पहिरो, नेप्से १०० अङ्कले घट्यो 

काठमाडौँ : नेप्से एक सय अङ्कले घटेको छ। सोमबार नेप्से १००.१० अङ्कले घटेर परिसूचक २८२०.४१ बिन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

२२८ कम्पनीका १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७८ रुपैयाँको कारोबार भएको छ। 

कारोबारमा आएका १३ वटै उपसमूह राताम्मे भएका छन्। सबै भन्दा धेरै जीवन बिमा उपसमूह ५६९.७९ अङ्कले घटेको छ। दोस्रोमा निर्जीवन उपसमूह ५०६.७८ अङ्कले घटेको छ। 

विकास बैङ्क २३४.२७, माइक्रोफाइनान्स १८३.७५, जलविद्युत १५४.२४, व्यापार ११३.६५, फाइनान्स ११०.०३ र होटल तथा पर्यटन उपसमूह १०७.७६ अङ्कले घटेको छ।

१० माघ, २०७८, १५:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।