राम चरण र समान्थाको रंगस्थलम पनि हिन्दीमा आउने, चर्चामा किसिङ सिन

राम चरण र समान्थाको रंगस्थलम पनि हिन्दीमा आउने, चर्चामा किसिङ सिन

तेलुगु भाषामा बनेको चलचित्र हो- रंगस्थलम। यतिबेला यो चलचित्रको खुबै चर्चा पनि छ। कारण हो हिन्दी डब। यो चलचित्र अब हिन्दी डबमा पुनः सिनेमा घरमा रिलिज हुने भएको छ। 

तेलुगु फिल्म उद्योगकै सर्वाधिक कमाइ गर्ने चलचित्रमध्येको एक रंगस्थलमले समाजको रुढीवादी परम्परालाई देखाएको छ। चलचित्रको कथा र अभिनयलाई लिएर यसअघि नै चर्चा कमाएको फिल्म अब हिन्दीमा रिलिज हुने भनेपछि यसको किस सिन चर्चामा आएको छ।

तर चर्चामा रहेको किसिङ सिनको वास्तविकता भने फरक छ। चलचित्रको दृश्यमा दुवै समान्था र राम चरण लिपलक किस गरिरहेका हुन्छन्। यो सिनलाई लिएर अत्याधिक ट्रोल हुन थालेपछि समान्थाले भने यसको वास्तविकता बताइन्। 

उनका अनुसार यो सिन रियल होइन फेक हो। दुवै कलाकारले एक अर्कालाई किस गर्न नमानेपछि भिएफएक्सको मद्दतबाट यो सिन बनाइएको हो। 

७ माघ, २०७८, १५:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।