फिल्म बोक्सीको घरको पहिलो दिन सुखद सुरुवात

फिल्म बोक्सीको घरको पहिलो दिन सुखद सुरुवात

काठमाडौँ : शुक्रवार रिलिज भएको फिल्म ‘बोक्सीको घर’ले पहिलो दिन हलहरूको राम्रो साथ पाएको छ। दुई सय हाराहारीको सो सङ्ख्या पाएको फिल्मको ‘बुझिन मैले’ बोलको गीत चर्चित भएसँगै दर्शकको ध्यान तान्न सफल भएको हो।

सो सङ्ख्यासँगै हलमा दर्शक अकुपेन्सी समेत राम्रो देखिन्छ। सामाजिक कुप्रथामा आधारित फिल्म नायिका केकी अधिकारीले निर्माण गरेकी हुन् भने सुलक्षण भारतीले निर्देशन गरेका हुन्। फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया लगायतका कलाकारले अभिनय गरेका छन्।

हलमा बोक्सीको घरसँगै गत साता रिलिज भएको डिग्री माइला र द रेड सुटकेस पनि चलिरहेको छ। डिग्री माइलाले २० हाराहारीमा सो सङ्ख्या पाउँदा द रेड सुटकेसको भने एक सो मात्र छ। महाजात्राले समेत अझैँ २० भन्दा माथिको सो सङ्ख्या पाइरहेको छ।

शुक्रवारै रिलिज भएको भारतीय फिल्म रुस्लानले ५० हाराहारीको सो पाएको छ। हलमा अजय देवगणको सैतान पनि चलिरहेकै छ। 

१४ बैशाख, २०८१, १४:१५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।