काठमाडौंमा कहाँ-कहाँ लगाइँदैछ बुस्टर डोज ?

काठमाडौंमा कहाँ-कहाँ लगाइँदैछ बुस्टर डोज ?

यस्तै मन्त्रालयले हिजो २ गतेबाटै काठमाडौंका विभिन्न स्थानमा बुस्टर डोज दिन सुरु गरिसकेको छ। खोप लगाउन १९ वटा खोप केन्द्र तोकिएको छ। 

अग्रपङ्क्तिमा काम गर्नेलाई यी १९ स्थानमा खोप लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताएका छन्।

खोप लगाइने स्थानहरूमा वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेका छन्। यस्तै निजामती कर्मचारी (सिभिल)अस्पताल, सुभेक्षा अस्पताल, पिपुल्स डेन्टल अस्पताल, जनमैत्री अस्पताल, ग्राण्डी इन्टरनेशनल अस्पताल, काठमाण्डु मोडल अस्पताल, नर्भिक अस्पताल, नोबेल अस्पताल, बयोधा अस्पताल, शहीद स्मृति अस्पताल, नयाँ बसपार्क र एपेक्स पोलिक्लिनिक जडिबुटीमा पनि खोपको बुस्टर मात्रा लगाइने गरिएको छ।

खोप कार्ड लिएर खोप लगाउन जान मन्त्रालयले अनुरोध गरेको छ।

३ माघ, २०७८, २१:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।