प्रदेश २ को नामाकरण टुंगिने सम्भावना, मतदान सुरु

प्रदेश २ को नामाकरण टुंगिने सम्भावना, मतदान सुरु

यसअघि नै प्रदेशको नामाकरणका लागि विशेष समितिले विभिन्न नामहरू प्रस्ताव गरिसकेको छ। 

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टीले 'मधेश' नाममा सहमति जनाएका छन्। नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले 'जानकी' नाम राख्नुपर्ने बताएका छन्। कांग्रेस 'मिथिला–भोजपुरा' नाममा दावी गरिरहेको छ।

एक सय चार सदस्यीय प्रदेश सभामा ७० जना सांसदले कुनै एक नाममा मतदान गरे प्रदेशको नामाकरणको विषय टुंगिनेछ।

३ माघ, २०७८, १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।