माघ २ गतेदेखि अग्रपङ्क्तिमा खटिनेलाई कोरोनाको बुस्टर डोज 

माघ २ गतेदेखि अग्रपङ्क्तिमा खटिनेलाई कोरोनाको बुस्टर डोज 

सरकारले पहिलो र दोस्रो मात्रा खोप लगाएकाे ६ महिना पुगेकालाई बुस्टर मात्रा लगाउन सुरु गर्ने जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ २ गते आइतबारदेखि अग्रपङ्क्तिमा खटिने व्यक्तिहरूलाई कोरोनाविरुद्धको बुस्टर मात्रा खोप लगाइदिने भएको जनाएको हो। 

माघ १४ गतेदेखि ६० वर्षमाथिका नागरिकलाई बुस्टर मात्रा लगाइने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले जनाएको छ। 

महाशाखाले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई बुस्टर मात्रा लगाउन आवश्यक व्यवस्थाका लागि निर्देशानुसार अनुरोध गरेको छ। 

३० पुस, २०७८, २२:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।