शिक्षा मन्त्रालयको बैठक बस्दै: विद्यालय बन्द गर्ने सीसीएमसीको सिफारिसबारे छलफल हुने

शिक्षा मन्त्रालयको बैठक बस्दै: विद्यालय बन्द गर्ने सीसीएमसीको सिफारिसबारे छलफल हुने

सीसीएमसीको हिजोको बैठकले आज(सोमबार)बाटै विद्यालय बन्द गर्न सुझाव दिएको थियो। 

यस्तै बैठकले कसैले परीक्षाको तालिका सार्वजनिक गरिसकेको हो भने सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन गर्न पाउने निर्णय भएको थियो। प्राथमिक र माध्यामिक विद्यालयको हकमा यस्तो निर्णय भएको हो। 

यस्तै सीसीएमसीकी प्रवक्ता सुनिता नेपालका अनुसार हिजोको बैठकमा माघ ३ गतेबाट सरकारी कार्यालय, बैंक, अस्पताल, पार्क, फिल्म हल, रेस्टुरेन्ट र सपिङ मल लगायतका सार्वजनिक स्थानमा जाँदा अनिवार्य रूपमा खोप कार्ड देखाउनुपर्ने निर्णय भएको थियो।

२६ पुस, २०७८, ०९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।