आजबाट तेस्रो मात्रा खोप दिइँदै

आजबाट तेस्रो मात्रा खोप दिइँदै

मन्त्रालयका अनुसार पहिले जुन खोप लगाएको हो, सोही प्रकृतिको थप एक अतिरिक्त मात्रा खोप दिन लागिएको हो।

तेस्रो मात्रा खोप लगाउन दुई मात्रा खोप लगाएको कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा जानुपर्ने मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले बताइन्। ‘यो बुस्टर डोज होइन,’ प्रवक्ता मिश्राले भनिन्,‘कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई दिइने थप एक अतिरिक्त मात्रा हो।’

मन्त्रालयले मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई थप मात्रा खोप दिने समूहमा राखेको छ।

सक्रिय क्यान्सर रोगीहरू, अङ्ग प्रत्यारोपण गरेका बिरामीहरू, एच.आइ.भी. भएका बिरामीहरू, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधीहरू सेवन गरिरहेका बिरामीहरू थप मात्रा खोप पाउने समूहमा रहेका मन्त्रालयले जनाएको छ। 

यस्तै भेरोसेल वा सिनोफार्म  खोप लगाएका ६० वर्ष र सो भन्दा माथि उमेरका व्यक्तिहरूलाई थप मात्रा खोप दिइनेछ। 

२० पुस, २०७८, ०९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।