सन्दीप विरुद्ध प्रहरीले सङ्कलन गरेको छ प्रमाण : स्न्यापच्याटको मेसेजदेखि फुटेजसम्म

सन्दीप विरुद्ध प्रहरीले सङ्कलन गरेको छ प्रमाण : स्न्यापच्याटको मेसेजदेखि फुटेजसम्म

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले १७ वर्ष २ महिना १८ दिन मात्र पुगेकी नाबालिगलाई बलात्कार गरेको दाबी गर्दै अभियोग पत्रमा ६ प्रमाण राखिएको छ।

जिल्ला न्यायाधीवक्ताको कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौंमा सोमबार दर्ता गरेको अभियोग पत्रमा प्रमाणका रूपमा सन्दीपले किशोरीलाई स्न्याप च्याटमा पठाएको सन्देशदेखि लिएर होटलभरीको सिसिटिभी फुटेजलाई प्रमाणको रूपमा पेस गरेको छ।

अभियोग पत्रमा प्रमाणका रूपमा ६ वटा पक्ष उल्लेख गरिएको छ जसमा होटेल बाहिर देखिने सिसिटिभी फुटेजदेखि होटेलभित्रको रुम बाहिरसम्मको १२ वटा फुटेज, होटलको गेस्ट रजिष्टेशन कार्ड,  सन्दीपले स्न्यापच्याटमा किशोरीलाई पठाएको मायाको पहिलो सौगात स्वरूप भन्ने सन्देश छन्।

यसै गरी सन्दीपले बलात्कार गरेको प्रमाणको रूपमा बोजिनी रिसोर्टमा सन्दीपले तिरेको बिलको विवरण, किशोरीको Hyment :- old tear at 6 o’clock position लेखिएको स्वास्थ्य परीक्षण प्रतिवेदन र सन्दीपको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई समेत प्रमाणको रूपमा पेस गरिएको छ।

दसी प्रमाण तथा कसुरसँग सम्बन्धित चिज वस्तु:

१)      वारदात स्थल (होटेल काठमाण्डौ ईन) बाट सङ्कलित १२ वटा सिसिटिभी फुटेजहरू रहेको CODE 26(6) नामकरण गरिएको १६ जिबीको पेन्ड्राईभ थान-१ (एक),

 २)    वारदातस्थल (होटेल काठमाण्डौ ईन) बाट सङ्कलित प्रतिवादी सन्दीप लामिछानेको नामको GUEST REGISTER CARD (मिसिल संलग्न रहेको) पाना-१ (एक),

३)       जाहेरी दरखास्त साथ पेस गरिएको प्रतिवादी सन्दीप लामिछानेले पीडितलाई “ Maya ko pahilo suagat suru  लेखि पठाएको तस्बिर (Snap) (मिसिल संलग्न रहेको) पाना-१(एक),

४)      बोजिनी रिसोर्ट, नगरकोटका सुपरभाइजर समीर पुरीले पेस गरेको सन्दीप लामिछानेको नामको बिल भरपाई (मिसिल संलग्न रहेको) पाना-२ (दुई),

५)     परीक्षण पश्चात् फिर्ता आएको भौतिक सबुद रहेको खामबन्दी थान-१(एक),

६)     प्रतिवादी सन्दीप लामिछानेको स्वास्थ्य परीक्षण गर्दा वीर अस्पतालबाट उठाएको भौतिक सबुद रहेको खामबन्दी थान-  २(दुई)।

 

१४ कात्तिक, २०७९, ००:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।