सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखिने

सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखिने

काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आज अनुमति दिएको छ। प्रहरीले आज नाबालिग बलात्कारका आरोपित लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।

लामिछाने गत असोज २० मा पक्राउ परेका थिए। त्यसपछि अदालतले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

२२ वर्षीय लामिछानेमाथि एक १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ। घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गर्दैछ।

२७ असोज, २०७९, १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।