सन्दीप चढेको भनिएको कतार एयरवेजको प्लेन ल्यान्ड हुन सकेन, आकाशमा फन्को मार्दै

सन्दीप चढेको भनिएको कतार एयरवेजको प्लेन ल्यान्ड हुन सकेन, आकाशमा फन्को मार्दै

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने चढेको अनुमान गरिएको प्लेन मौसमले साथ नदिँदा त्रिभुवन विमानस्थलमा अवतरण हुन सकेन।

बिहान १० बजे काठमाडौंमा अवतरण हुने गरी दोहाबाट उडेको कतार एयरवेज अहिले आकाशमा ओभर सुट गरेर फन्को मार्दै बसेको छ।

बलात्कारको जाहेरीसँगै सम्पर्कहीन भएका सन्दीपले फेसबुकमा लेख्दै १० बजे नेपाल आएर आत्मसमर्पण गर्ने दाबी गरेका थिए।

उनीमाथि एक प्रशंसकलाई होटेलमा लगेर बलात्कार गरेको आरोप छ। 

२० असोज, २०७९, १०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।