एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक

एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक

काठमाडौंः एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्ने भएका छन्।

एनसेलले चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरू ल्याएर भारत कललाई सस्तो बनाएको हो। यी प्याकहरू असोज ७ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ।

भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन, ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्नेछन्।

१ दिनको भ्वाइस प्याक अन्तर्गत ग्राहकले ५५ रूपैयाँमा १५ मिनेट, ७ दिने भ्वाइस प्याक अन्तर्गत २४९ रूपैयाँमा ७० मिनेट र २८ दिन अवधिको ७४९ रूपैयाँमा २१५ मिनेट टक टाइम पाउनेछन्।

ग्राहकले *१७११८*७# डायल गरि निर्देशनअनुसार आफ्नो आवश्यकताअनुरुप भ्वाइस प्याक सुचारु गर्न सक्नेछन्।

६ असोज, २०७९, १८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।