माइडियाको नयाँ चेस्ट फ्रीजर बजारमा

माइडियाको नयाँ चेस्ट फ्रीजर बजारमा

काठमाडौं : माइडियाले १९८ लिटर क्षमताको नयाँ हार्ड टप सिंगल डोर चेस्ट फ्रीजर नेपाली बजारमा सार्वजनिक गरेको छ। सिजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध चेस्ट फ्रीजरमा ऊर्जा बचत र स्मार्ट सुविधाहरूको संयोजन गरिएको कम्पनीले जनाएको छ।

माइडियाका अनुसार यसमा 'डिप फ्रिजिंग' प्रविधि प्रयोग गरिएको छ, जसले तापक्रमलाई -३० डिग्री सेल्सियससम्म पुर्याउन सक्छ। यसले खाद्य सामग्रीको स्वाद, ताजापन र पोषणलाई लामो समयसम्म सुरक्षित राख्न मद्दत पुग्ने दाबी गरिएको छ। यस्तै, यसमा रहेको फास्ट फ्रिजिंग प्रविधिले खानेकुरालाई छिटो फ्रिज गरी ताजा राख्न सहयोग गर्दछ।

प्राविधिक रूपमा यसमा इनभर्टर क्वाट्रो प्रविधि समावेश छ, जसले कम बिजुली खपत र तीव्र कुलिङ सुनिश्चित गर्दछ। केवल ३७ डेसिबल ध्वनि स्तर भएकाले यो फ्रीजरको सञ्चालन शान्त रहने कम्पनीको भनाइ छ। यसमा 'कनभर्टिबल' सुविधा पनि छ, जसका कारण प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार यसलाई फ्रीजर वा फ्रिज मोडमा सजिलै परिवर्तन गर्न सक्नेछन्।

विद्युत् आपूर्तिमा हुने उतारचढावलाई ध्यानमा राखेर यसमा वाइड भोल्टेज सपोर्ट र आउटेज मेमोरी सुविधा राखिएको छ। यसले बिजुली अवरोध हुँदा पनि लामो समयसम्म चिसोपन कायम रहन्छ। फोर साइड कुलिङ र  डी+ कुलिङ प्रणालीले भित्री भागमा समान रूपमा चिसोपन फैलाउन मद्दत गर्दछ।

जेठ १, २०८३ शुक्रबार १७:२०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।