स्याङ्जाको वालिङमा खुल्यो प्राइम टायल्सको नयाँ शोरुम
काठमाडौं : टायल्स उत्पादक कम्पनी प्राइम सेरामिक्सले स्याङ्जाको वालिङमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। वालिङस्थित ‘न्यू भुसाल स्टोर’ मार्फत कम्पनीले आफ्नो शोरुमको सञ्चालनमा ल्याएको हो।
शोरुमले स्थानीय उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको डिजाइन र गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ। उद्घाटन कार्यक्रममा स्थानीय उद्योगी, इन्जिनियर, निर्माण व्यवसायी, आर्किटेक्ट, ठेकेदार तथा टायल्स मिस्त्रीहरूको उपस्थिति रहेको थियो।
प्राइम सेरामिक्सले छोटो समयमै देशभर डिलर नेटवर्क विस्तार गरेको छ। कम्पनीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा यो एकल ब्रान्डका रूपमा नेपालमा सबैभन्दा बढी बिक्री हुने टायल्स बन्न सफल भएको थियो।
प्राइम टायल्सले आफ्ना 'वाल' र 'फ्लोर' दुवै प्रकारका उत्पादनमा नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गरिसकेको छ। कम्पनीले रौतहटको वृन्दावन नगरपालिकामा अत्याधुनिक प्रविधियुक्त कारखाना स्थापना गरी उत्पादन गर्दै आएको छ।
जेठ १, २०८३ शुक्रबार १७:२८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।