शनिबारको मौसम: देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

शनिबारको मौसम: देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा वर्षा हुने जनाएको छ। हाल नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेका कारण देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको हो।

यतिबेला प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १, बागमती, गण्डकी र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

७ जेठ, २०७९, ०८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।