भोट माग्न आउने पुरानै नेता, पहिलेकै घोषणापत्रले मतदाता दिक्क: विकल्प खोज्दै नयाँ पुस्ता

भोट माग्न आउने पुरानै नेता, पहिलेकै घोषणापत्रले मतदाता दिक्क: विकल्प खोज्दै नयाँ पुस्ता

पोखराः स्थानीय तह निर्वाचनको लागि केवल चार दिन बाँकी छ। भौगोलिकरूपमा देशकै ठूलो पोखरा महानगरसहित पाँच वटा पालिका रहेको कास्कीमा गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

०७४ को निर्वाचनमा कास्कीमा पोखरा महानगरसहित चार वटा पालिकामा एमालेका उम्मेदवारहरू निर्वाचित भएका थिए। कांग्रेसले अन्नपूर्ण गाउँपालिकामा मात्र विजय हासिल गरेको थियो। 

पर्याप्त बजेट भएको पोखरामा मेयर जिसीले खासै सम्झनलायक काम नगरेकाले अहिले भोट माग्दै घरदैलो गरेका एमाले कार्यकर्ताले आलोचना सहनुपरेको छ।

यस पटक विगतका निर्वाचनमा जित हासिल गरेका पालिका सुरक्षित गर्ने रणनीतिमा एमाले लागेको छ। यस्तै पाँच दलबीचको गठबन्धन भएकाले विगतमा एमालेले जितेका पालिकाहरूमा आफ्नो जित सुनिश्चित पार्न  गठबन्धनका दलहरू लागिपरेका छन्।

त्यसका लागि एमाले र गठबन्धनसहितका राजनीतिक दलहरू आ-आफ्नो अजेण्डा बोकेर जनताको घरदैलोमा कुदिरहेका छन्।

तर, ०७४ को निर्वाचनमा पोखरा महानगरमा स्मार्टसिटी, मोनोरेल लगायतका सपना बाँडेर जितेको एमालेले फेरि तिनै योजनालाई घोषणापत्रमा राखेको छ। 

यसअघिको निर्वाचनमा महानगरको मेयर/उपमेयरसहित दुईतिहाई वडामा निर्वाचन जितेको एमालेलाई मेयर मानबहादुर जिसीको असफलता टोक्नु न बोक्नु भएको छ।

कतिपय स्थानमा घोषणापत्र भट्टयाउँदा 'यसअघिको चुनाव जितेर पोखरालाई स्मार्टसिटी बनायौ, अब फेरि के सिटी बनाउँछौ?' भनेर जनताले व्यङ्ग्य गर्ने गरेका छन्। 

पर्याप्त बजेट भएको पोखरामा मेयर जिसीले खासै सम्झनलायक काम नगरेकाले अहिले भोट माग्दै घरदैलो गरेका एमाले कार्यकर्ताले आलोचना सहनुपरेको छ।

तर, एमालेका तर्फबाट महानगरको मेयरका उम्मेदवार कृष्णबहादुर थापाले ०५४ मा आफू मेयर बनेका बेला थालेका योजनालाई सफल बनाउन र पोखरामा थप नयाँ भौतिक पूर्वाधार बनाउने आश्वासन बाँड्दै चुनाव प्रचारप्रसारमा खटिएका छन्।

०५४ सालदेखि मतदानमा सहभागी पोखरा नयाँबजारका रामजी नेपाली पार्टीहरूले जहिले पनि पुरानो शैलीको प्रचारप्रसार र सधैँ तोडमोड गरेर बनाइने एकैखाले घोषणापत्र लिएर जनतालाई भ्रममा पार्ने बताउँछन्।

उता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले एमालेको बेइमानीलाई चुनावी मुद्दा बनाएका छन्। 

उनले पोखरा बनाउन कुनै योजना नै नभएका असक्षम व्यक्तिको हातमा नेतृत्त्व गएकाले पोखराको भौतिक विकास शून्य भएको जिकिर गरिरहेका छन्। कास्कीका अन्य दलहरूले पनि विगतमा एमालेका तर्फबाट विजयी भएका मेयर जिसीले गरेको विभिन्न बदमासीलाई जोडतोडले उठाइरहेका छन्।

तर, यस पटक आम जनामानसमा राजनीतिक र चुनावी चेतना बढेको छ। नेताहरूले आश्वस्त पार्ने अनेक प्रयास गरे पनि जनता सहजै विश्वास गर्ने पक्षमा छैनन्। 

पोखराका कतिपय ठाउँहरूमा चुनावी प्रचारका लागि हिँडेका नेता/कार्यकर्तासँग जनताले सवाल-जवाफ गर्ने गरेका छन्। बदलिँदो समयसँगै स्थानीयले प्रचारप्रसारदेखि शासन-शैली सबैमा परिवर्तन खोजेका छन्। विशेषतः अहिलेको पुस्ताले पुरानो शैली रुचाएको छैन।

०५४ सालदेखि मतदानमा सहभागी पोखरा नयाँबजारका रामजी नेपाली पार्टीहरूले जहिले पनि पुरानो शैलीको प्रचारप्रसार र सधैँ तोडमोड गरेर बनाइने एकैखाले घोषणापत्र लिएर जनतालाई भ्रममा पार्ने बताउँछन्।

पोखरा- २२ का दीपक दियाली पहिलेका घोषणापत्रलाई पूरै बेवास्ता गरेर फेरि तिनै योजना समेटेर नयाँ घोषणापत्र ल्याउनु, जनातालाई जे गरे पनि हुन्छ भन्ने हेपाहा प्रवृत्ति रहेको बताउँछन्। 'यसले पार्टीहरू जनताप्रति उत्तरदायी छैनन् भन्ने प्रष्ट्याउँछ’, उनले भने।

उनले भने, ‘सबै दलमा प्रायः पुरानै नेताहरू छन्। उनीहरूले कम्तीमा पहिलेका चुनावमा घोषणा गरेका योजना कुनकुन पूरा भए? अब पूरा गर्न बाँकी रहेका योजना कसरी कार्यान्वयन गरिँदै छ? विगतमा ती घोषणापत्रमा उल्लेख भएका कुराहरू किन पूरा भएनन्? ती योजना सम्पन्न गर्न कसले अवरोध गर्यो? किन घोषणा गरेका कामहरू सम्पन्न हुन सकेनन? भन्ने बारेमा प्रष्ट पारेर घोषणापत्र ल्याएको भए विश्वास गर्ने आधार हुन्थ्यो। यस्ता अमूर्त घोषणापत्रलाई कसरी विश्वास गर्ने? यो त, सोझा जनातालाई भ्रममा पारेर आफ्नो स्वार्थ पूरा गर्ने प्रपञ्च मात्र हो।’
 
उनी विकास र परिवर्तनका लागि ठूलाठूला सपना देखाउनुभन्दा जनताले प्रत्यक्ष परिवर्तनको महसुस गर्ने योजना बनाउनुपर्ने बताउँछन्। मोनोरेल, केवलकार, स्मार्टसिटी जस्ता योजना नभएकर प्रत्यक्ष सरोकार राख्ने योजनालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
 
पोखराको पृथ्वीचोकमा तीन दशकदेखि व्यवसाय गर्दै आएका विजय पाठक राजनीतिक दलले चुनावका बेला आकर्षक घोषणापत्र मार्फत जनतालाई विकास समृद्धिको सपना देखाए पनि निर्वाचित भएपछि बिर्सने गरेको बताउँछन्।

उनले भने, ‘उनीहरूले घोषणापत्र हेरेर योजना बनाउँदैनन्। घोषणापत्र त जनाताको आँखामा छारो हाल्न मात्र बनाएको जस्तो देखिन्छ।’

उनका अनुसार दलहरूले पटक पटक यसरी बेवास्ता गर्नाले जनता दिक्क छन्। उनीहरूको अगाडि सिधै प्रतिवाद नगरे पनि जनताले निर्वाचनमा सजाय दिन्छन्।

दलले घोषणापत्र ल्याउने तर, त्यसलाई कार्यान्वयन नगरी थन्कार राख्नाले उनीहरूप्रतिको विश्वास गुम्दै गएको उनको ठम्याइ छ। तिनै नेताका कुरा पत्याएर पछि लाग्ने जनता पनि दोषी रहेको उनी बताउँछन्।  

पोखरा- २२ का दीपक दियाली पहिलेका घोषणापत्रलाई पूरै बेवास्ता गरेर फेरि तिनै योजना समेटेर नयाँ घोषणापत्र ल्याउनु, जनातालाई जे गरे पनि हुन्छ भन्ने हेपाहा प्रवृत्ति रहेको बताउँछन्। 'यसले पार्टीहरू जनताप्रति उत्तरदायी छैनन् भन्ने प्रष्ट्याउँछ’, उनले भने।

दियालीले राजनीतिक पार्टीले जनतालाई घोषणापत्र मार्फत कुखुरालाई चारो हालेर भुलाए जस्तो व्यवहार देखाउने गरेको गुनासो पोखे। 'जनतालाई दलहरूले चुनावका बेला घोषणापत्रमा राम्रा राम्रा सपना देखाएर कुखुरालाई चारो हालेर भुलाए जस्तै गर्छन्’, उनले भने।


विजय पाठक, ध्रुव बराल, दीपक दियाली र रामजी नेपाल

यस्तै विचार व्यक्त गर्छन्- पोखरा–७ का ध्रुव बराल। उनी भन्छन, ‘राजनीतिक पार्टीहरूले निर्वाचनमा अति नै मेहनेत गरेर ठूलाठूला सपना देखाएर घोषणापत्र ल्याउँछन्। तर, निर्वाचित भएपछि त्यो  दराजमा थन्काएर राख्छन्। यतिसम्म कि, उनीहरूले घोषणापत्र कार्यान्वयन मात्र हैन, जनताका लागि आवश्यक सामान्य काम समेत गर्दैनन्।'

उनका अनुसार दलहरूले पटक पटक यसरी बेवास्ता गर्नाले जनता दिक्क छन्। उनीहरूको अगाडि सिधै प्रतिवाद नगरे पनि जनताले निर्वाचनमा सजाय दिन्छन्।

पोखरामा लामो समयदेखि व्यवसाय गर्दै आएका बरालले नेताहरूको काम नगर्ने, तर सपना देखाउने प्रवृत्तिविरुद्ध अहिलेको युवापुस्ता आजित भएर विकल्प खोज्न थालेको समेत दावी गरे।

२६ बैशाख, २०७९, ०७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।