रुस-युक्रेन युद्ध : 'रुसतिर फर्कने कि युरोप ?' भन्ने विवाद

रुस-युक्रेन युद्ध : 'रुसतिर फर्कने कि युरोप ?' भन्ने विवाद

सन् १९९१ मा सोभियत संघ ढल्यो। सोभियत संघको विघटनले सारा दुनियाँलाई आश्चर्यचकित गर्यो, जसमा अमेरिकी सत्ता-सम्भ्रान्त पनि थिए। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सोभियत संघको विघटनलाई २०‌औं शताब्दीको सबैभन्दा ठूलो भू-राजनीतिक विपत्ति भन्छन्। के विश्वको सबैभन्दा ठूलो देशलाई विघटन हुनबाट बचाउन सकिन्थ्यो? आज भनिन्छ कि, १९२२ पछि जसरी अस्तित्वमा थियो, त्यस युएसएसआरलाई संरक्षित गर्नु असम्भव थियो। 

सोभियत संघको विघटन राजनीतिक, आर्थिक र सामाजिक-सांस्कृतिक प्रक्रियाका कारण भएको थियो, जुन प्रक्रियाको गति सन् १९८६ बाट तेज भएको थियो। अझै पनि धेरै अनुसन्धाताहरु जिज्ञासु छन् कि, युएसएसआर विघटन नभएको भए विश्वमा के हुनसक्थ्यो र एक्काइसौं शताव्दीमा त्यसको कस्तो भूमिका हुन्थ्यो।

युक्रेन स्वतन्त्र भएको करिब ३० वर्ष मात्र हुँदैछ। आधुनिक युक्रेनको सिर्जना १९१७ को बोल्सेभिक क्रान्तिपछि सोभियत संघले गरेको थियो। लेनिनले रूसलाई राष्ट्रियताको जेल भन्ने संज्ञा दिएका थिए।

संसारभरका सैन्य शक्तिहरूले आज जुन स्तरमा मृत्यु र विनास निम्त्याएका छन्, २०औँ शताब्दिका डरलाग्दा युद्धहरूले गरेका विनासभन्दा पनि त्यो धेरै छ। र, युद्धले गरेको विनास केवल मान्छेहरूको मृत्युमा मात्र सीमित छैन। अति तीव्र गति र परिमाणमा मान्छे मार्न सक्ने आजको सैन्य शक्ति वातावरण विनास गर्ने कुरामा अझै भयावह छ।

गत फेब्रुअरी २१ मा रुसले युक्रेनका पृथकतावादी स्वघोषित क्षेत्रहरु डोनेट्स्क र लुह्यान्सकलाई स्वतन्त्र राज्यको मान्यता प्रधान गर्यो। र, त्यसै दिन डोनेट्स्क र लुह्यान्सक क्षेत्रहरुको सुरक्षाको लागि रुसी सेनाहरू प्रवेश गर्न थाले। फेब्रुअरी २४ का दिन रुसले युक्रेनमा ठूलो आक्रमण सुरु गर्यो।

केही महिना यता युक्रेनमाथिको रुसी अतिक्रमणले दुवै मुलुक र विश्वलाई अकल्पनीय प्रभाव पारेको छ। युरोप दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो युद्धको संघारमा उभिएको छ। केही महिना अगाडिदेखि रुसले युक्रेनको सिमानामा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको थियो। युक्रेनको रक्षाको लागि अमेरिका र युरोपेली देशहरु हतियार त्यहाँ आपूर्ति गरिरहेका थिए। साथै, अमेरिकाले आफ्ना हजारौ सैनिकलाई पूर्वी युरोप पोल्याण्ड र रोमानियामा तैनाथ गर्न थालेको थियो। 

केही समययता अमेरिकाले आज, भोलि वा पर्सि नै रुसले युक्रेनमाथि रुसले आक्रमण गर्दैछ भनेर निरन्तर चर्को प्रचार गरिरहेको थियो। अमेरिकाले मिति नै तोकेर फेब्रुअरी १६ मा हमला हुनेवाला छ भनेर घोषणा पनि गरेको थियो। तर त्यो दिन पनि बिना कुनै घटना बितेर गयो। त्यसपछि पनि रुसले कहिले युक्रेनमाथि हमला गर्नेछ भनेर जोखना हेर्ने अमेरिकी कार्य जारी थियो। अमेरिकाले यसरी निरन्तर सूचना जारी गर्नुको उद्देश्य रुसको सम्भावित आक्रमणलाई रोक्नु थियो। तर यो मनोवैज्ञानिक खेल पनि धेरै दिनसम्म टिक्न सकेन।

युक्रेन स्वतन्त्र भएको करिब ३० वर्ष मात्र हुँदैछ। आधुनिक युक्रेनको सिर्जना १९१७ को बोल्सेभिक क्रान्तिपछि सोभियत संघले गरेको थियो। लेनिनले रूसलाई राष्ट्रियताको जेल भन्ने संज्ञा दिएका थिए। लेनिनले रूसलाई एकात्मक राज्य प्रणालीबाट आत्मनिर्णयको अधिकार सहितको संघीय प्रणालीमा लगेको र जसका कारण सो देश बिखण्डन भएको भनेर राष्ट्रपति पुटिन लेनिनको बारम्बार आलोचना गर्छन्।

अमेरिकाले आफ्नो वाचा तोडेर नाटोको विस्तार गरेकोमा रूस क्रुद्ध बनेको छ। विशेषगरी पोल्याण्ड, हंगेरी, चेक गणतन्त्र र बाल्टिक देशहरु (इस्टोनिया, लाटभिया, लिथवानिया) लाई नाटोमा संलग्न गराएकोमा रूसले आफूलाई घेराबन्दीमा पारिएको महसुस गरेको छ। अमेरिकाको यो कदमको लगातार विरोध वर्तमान राष्ट्रपति पुटिनले मात्र होइन, पहिलाका राष्ट्रपतिहरु बोरिस येल्तसिन, दिमित्री मेदभेदेभ र मिखाइल गोर्बाचोभ समेतले गरेका छन्। 

आधुनिक जर्मनीका संस्थापक अटो वोन विस्मार्कले भनेका थिए- मलाई रुसी भालुलाई उसको गुफाबाट बाहिर निकाल्ने सयौं तरिका थाहा छ। तर उसलाई फेरि गुफाभित्र फर्काउने कुनै तरिका थाहा छैन। तसर्थ रुसी भालुलाई जिस्क्याउनु हुँदैन।

युक्रेनको वास्तविक संकटको सुरुवात चाहिँ सन् २०१४ मा भएको थियो। २०१४ मा युक्रेनका राष्ट्रपति भिक्टर यानुकोभिचले युरोपियन युनियनसँग आर्थिक रुपमा जोडिने सम्झौता गर्न अस्वीकार गरे। उनी युरोपियन युनियनभन्दा रुससँग नजिकको सम्बन्ध राख्न चाहन्थे।

त्यसपछि भिक्टर यानुकोभिच विरुद्ध अमेरिका र युरोपेली देशहरुको उक्साहटमा युरो मैदान विद्रोह सुरु भयो। जसलाई दबाउने क्रममा थुप्रै मानिसको मृत्यु भएको थियो। भिक्टर यानुकोभिचले देश छोडेर भाग्नु पर्यो। यो घटनाको लगत्तै युक्रेनको पूर्वी क्षेत्र जहाँ रुसी भाषीहरुको बाहुल्यता छ, त्यहाँ विद्रोह सुरु भयो। त्यहाँ रुस समर्थक डोनेट्स्क र लुह्यान्सक नामक पृथकतावादी राज्यको गठन भयो। साथै रुसले क्रिमियामा कब्जा जमायो। 

युक्रेनको समस्यालाई समाधान गर्न रुस, युक्रेन, जर्मनी र फ्रान्सबीच बेलारुसको राजधानी मिन्स्कमा सन् २०१४-१५ मा सहमति भएको थियो। जसलाई मिन्स्क सहमति भनिन्छ। यो सहमतिमा १३ वटा बुँदाहरु भए पनि यसको मुख्य कुरा चाहिँ युद्धविराम गर्ने, युक्रेनको भौगोलिक अखण्डताको सम्मान, विदेशी सेना हटाउने र डोनेट्स्क र लुह्यान्सक क्षेत्रलाई संवैधानिक व्यवस्था गरेर स्वशासन दिने थियो। तर युक्रेनले यो सहमति पालना गर्ने कुनै चासो देखाएन।

२०१४ पछि युक्रेनले रुसको सुरक्षा चासोलाई बेवास्ता गर्दै २०१९ मा आफ्नो संविधान संशोधन गर्दै युरोपियन युनियन र नाटोको सदस्य हुने कुरा उल्लेख गरेको थियो। यसले रुसलाई झन् चिढ्याउने काम गर्यो।

रुसले युक्रेनमा फेब्रुअरी २४ का दिन ठूलो आक्रमण सुरु गर्यो। यो आक्रमणको उद्देश्य ब्याख्या गर्दै राष्ट्रपति पुटिनले भनेका छन्-  युक्रेनमाथि कब्जा जमाउने रुसको उद्देश्य छैन। यो आक्रमणको उद्देश्य युक्रेनलाई असैनिकीकरण गर्नु हो। त्यस्तै युक्रेनलाई नाजीवादबाट मुक्त गर्ने।

रुस जस्तो महाशक्ति राष्ट्रले सहजै युक्रेनमा विजय हासिल गर्नसक्छ। सायद रुसले युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर पूर्वराष्ट्रपति भिक्टर यानुकोभिच वा अरु कोही रुस समर्थक नेतालाई सत्तामा ल्याउन पनि सक्ला। तर युक्रेन जस्तो ठूलो देशमा लामो समयसम्म कब्जा जमाएर बस्नु कठिन हुनेछ। 

अन्त्यमा, आधुनिक जर्मनीका संस्थापक अटो वोन विस्मार्कले भनेका थिए- मलाई रुसी भालुलाई उसको गुफाबाट बाहिर निकाल्ने सयौं तरिका थाहा छ। तर उसलाई फेरि गुफाभित्र फर्काउने कुनै तरिका थाहा छैन। तसर्थ रुसी भालुलाई जिस्क्याउनु हुँदैन। अमेरिकाले रुसलाई जिस्क्याएर उसको सिमाना बाहिर निकालेको छ। यसको परिणाम के हुनसक्छ, सायदै कसैले अनुमान गर्न नसक्लान्।

१७ फागुन, २०७८, १२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।