चिसो बढेपछि धुलिखेलका विद्यालय एक साताका लागि बन्द

चिसो बढेपछि धुलिखेलका विद्यालय एक साताका लागि बन्द

काभ्रेः पश्चिमी न्यून चापीय प्रणालीका कारण देशैभर चिसो बढेको छ। बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेको धुलिखेल नगरपालिकाले आजदेखि एक साताका लागि विद्यालय बन्द गर्न आह्वान गरको छ।

नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसोले अन्य स्वास्थ्य समस्या हुने देखिएको भन्दै पुस २१ गतेसम्म पठनपाठन बन्द गर्न आह्वान गरेको हो।

विद्यालय पुस २२ गतेदेखि मात्रै सञ्चालन गर्न नगरपालिकाले आग्रह गरेको हो। यस्तै परीक्षालगायतका महत्त्वपूर्ण गतिविधि पनि विद्यालय खुलेपछि निरन्तरता दिन नगरपालिकाले सूचना जारी गरेको छ। 

१५ पुस, २०७८, १०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।