माओवादी मञ्चका दृश्य : कोही मक्ख, कोही ठुस्स, कोही दिक्क

माओवादी मञ्चका दृश्य : कोही मक्ख, कोही ठुस्स, कोही दिक्क

काठमाडौँ :  पहिलो राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रूपान्तरण गरेको माओवादी केन्द्रको उद्घाटन शत्र तीन घण्टा चल्दा मञ्चमा रहेका नेताहरूका विभिन्न भावभङी देखिए। कोही मखलेल थिए त कोही ठुस्स।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई सन्चो रहेनछ। उनी पटक-पटक रुमाल निकालेर हाच्छिउँ गरिरहेका थिए। खै किन हो कृष्णबहादुर महरा भने अलि बढी नै दिक्क देखिएका थिए। कार्यक्रम लामो भएर अल्छी लाग्या पो हो कि !

मञ्चमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र का‌ंग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाबिच लामै समय कुराकानी चलिरहेको थियो। प्रचण्ड ढल्की ढल्की देउवासँग कुरा गरिरहेका देखिएका थिए। प्रचण्ड कहिले गम्भीर देखिन्थे कहिले मक्ख।

११ पुस, २०७८, १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।