नेपाली क्रिकेटमा पुबुदुको 'सेकेन्ड इनिङ्ग'

नेपाली क्रिकेटमा पुबुदुको 'सेकेन्ड इनिङ्ग'

काठमाडौंः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन्। शनिबार बिहान बसेको नेपाल क्रिकेट संघ क्यानको बैठकले पुबुदुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली क्रिकेटको मुख्य प्रशिक्षकका लागि ५ जनाको नाम सिफारिस गरेको थियो। तीमध्ये आज क्यानले पुबुदुको नाम अनुमोदन गरेको हो। 

पुबुदु यसअघि पनि नेपालको मुख्य प्रशिक्षक भइसकेका छन् भने नेपाललाई पहिलो पटक आईसीसी टी२० विश्वकपमा पुर्याउने श्रेय पनि उनैलाई जान्छ। 

यसअघि नेपालका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर थिए। 

२५ मंसिर, २०७८, १२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।