प्रदेश १ कांग्रेस सभापतिमा २ मतले हारे गुरुराज, थापा भए सभापति

प्रदेश १ कांग्रेस सभापतिमा २ मतले हारे गुरुराज, थापा भए सभापति

काठमाडौँ : केन्द्रीय महामन्त्रीमा गरेको दावेदारी छाडेर प्रदेश १ को नेपाली काँग्रेसको सभापतिको उम्मेदवार बनेका गुरुराज घिमिरे २ मतले पराजित भएका छन्।

नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष घिमिरे संस्थापन इतर समूहबाट सर्वसम्मत उम्मेदवार बनेका थिए। उनको प्रतिस्पर्धी उद्धव थापाले ८४४ मत ल्याउँदा घिमिरेले ८४२ मत पाए।

संस्थापन इतर समूहका उम्मेदवारमा उनले राम्रो मत ल्याए पनि पराजित भए। उनी संस्थापन इतरमा पनि विशेष रामचन्द्र पौडेल निकट नेताको रूपमा परिचित छन्।

प्रदेश सभापतिसँगै अधिकांश पदाधिकारी संस्थापन समूहले नै जितेको छ। उपसभापतिमा संस्थापनका रमेशजंग रायमाझी र टङ्क प्रसाद राई, महामन्त्रीमा भूपेन्द्र राईले र उमेश थापा विजयी भएका छन् ।
अन्य प्रदेशमा झैँ प्रदेश १ मा पनि पार्टी सभापति शेरबहादुर देउवा र अर्का नेता कृष्ण सिटौलाको प्यानल बनेको थियो।
 

१९ मंसिर, २०७८, ०३:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।