चलचित्र ‘टुल्की’ले पायो प्रदर्शनको अनुमति

चलचित्र ‘टुल्की’ले पायो प्रदर्शनको अनुमति

काठमाडौंः केन्द्रीय चलचित्र जाँच समितिले ‘टुल्की’लाई प्रदर्शनको अनुमति दिएको छ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ले बुधबार प्रदर्शनको अनुमति पाएको हो। 

‘द पाल्म ग्रुप प्रालि’को ब्यानरमा निर्माण गरिएको चलचित्रमा ब्राम्हण बस्तीमा जन्मेकी ‘टुल्की’ले प्रेमविवाह गरेर उपल्लो डोल्पा जाँदा संस्कारका नाममा भोग्नुपरेको पीडालाई उतारिएको छ। चलचित्रका निर्माता शेखर लामा हुन् भने निर्देशन तथा छायाङ्कन देवजङ्ग थापाले गरेका छन्।

कथा लक्ष्मण सुनारको रहेको छ भने चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ।

झण्डै चार वर्षको अध्ययनपछि निर्माण गरिएको चलचित्र विभिन्न देशमा प्रदर्शन गरिसकेपछि मात्र नेपालमा देखाइने निर्माता लामाको भनाइ छ। 

९ मंसिर, २०७८, १४:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।