कार्यकर्ताबाट अनुमोदित हुन भन्दै कांग्रेस महामन्त्री खड्काले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

कार्यकर्ताबाट अनुमोदित हुन भन्दै कांग्रेस महामन्त्री खड्काले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

सुर्खेतः नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कार्यकर्ताबाट अनुमोदित हुनका लागि खुला पुरुष तर्फ सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्। सोही क्षेत्रका स्थानीय उनी लामो समयदेखि प्रतिनिधि सभामा यही क्षेत्रबाट निर्वाचन जित्दै आएका थिए।

०७४ सालमा माओवादी र एमाले गठबन्धन हुँदा भने खड्काले पराजय ब्यहोर्नु परेको थियो।

‘महामन्त्रीज्यू सिधै मनोनित हुने व्यवस्था भए पनि उहाँले कार्यकर्ताबाट अनुमोदित भएरै जाने सोच राखेर उम्मेदवारी दिनुभएको छ’, नेपाली कांग्रेस सुर्खेत क्षेत्र १ प्रदेश (ख) का पार्टी सचिव गौतम बिसीले भने,‘८६४ प्रतिनिधि रहेको यो क्षेत्रमा उहाँको जित सुनिश्चित छ।’

महामन्त्री खड्का देउवा पक्षका नेता हुन्।

यता पौडेल पक्षका कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले भने महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छैनन्। निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने थानीको क्षेत्रमा करिब ११ सय प्रतिनिधिहरूले मतदान गर्नेछन्।

७ मंसिर, २०७८, ११:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।