भारतीय क्रिकेटमा 'राेहित युग', न्युजिल्याण्डविरुद्धकाे श्रृङ्खला 'क्लीनस्वीप'

भारतीय क्रिकेटमा 'राेहित युग', न्युजिल्याण्डविरुद्धकाे श्रृङ्खला 'क्लीनस्वीप'

काठमाडौंः भारतले न्युजिल्याण्डविरुद्धको टी २० क्रिकेट श्रृङ्खलामा क्लीनस्वीप गरेको छ। तीन खेलको श्रृङ्खलामा भारतले ३-० को जित निकालेको हो।

गए राति सम्पन्न अन्तिम खेलमा ७३ रनले भारत विजय भएको थियो। यस्तै पहिलो खेलमा भारतले न्युजिल्याण्डलाई ५ विकेटले हराएको थियो भने दाेश्रो खेलमा ७ विकेटले हराएको थियो।

भारतले जितसँगै पहिलो पटक न्युजिल्याण्डलाई भारतीय मैदानमा क्लीनस्वीप गरेर इतिहास रचेको छ। विभिन्न क्रिकेट विश्लेषकहरूले यसलाई रोहित युगको सुरुआत मानेका छन्। यस्तै श्रृङ्खलाका तीनमध्ये दुई खेलमा अर्धशतक प्रहार गरेका उनी 'म्यान अफ द सिरिज' पनि चुनिएका छन्।

आईपीएलका सफल कप्तानका रूपमा प्रमाणित रोहितलाई भारतीय क्रिकेट टीमको कप्तान बनाउने पर्ने माग पुरानै भए पनि उनले अवसर पाएका थिएनन्। यद्यपि भारतले भर्खरै सम्पन्न विश्वकपमा खराब प्रदर्शन गरेपछि भारतीय क्रिकेट बोर्डले प्रशिक्षक र कप्तान परिवर्तन गरेको थियो।

हाल भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा राहुल द्रविड रहेका छन्।

६ मंसिर, २०७८, ०७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।