फिजियोथेरापी संघको १०औं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

फिजियोथेरापी संघको १०औं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौंः नेपाल फिजियोथेरापी संघ (नेप्टा)को १०औं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साढे ४ सय डाक्टर, फिजियोथेरापिष्टहरू सहभागी उक्त सम्मेलनमा वक्ताहरूले स्वास्थ्यतर्फका विभिन्न उपचार विधिबारे प्रस्तुती दिएका थिए।

दुई दिने कार्यक्रममा विभिन्न पुरस्कार पनि वितरण गरिएको थियो। गायत्री थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइएको थियो। यस्तै उत्कृष्ट पेपर प्रेजेन्टेसन सृष्टि शाक्यलाई प्रदान गरिएको थियो।

त्यसैगरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट फिजाेथेरापी विषयमा स्नातक तथा स्नातकोत्तर तहका विश्वविद्यालय टपरहरूलाई पनि पुरस्कृत गरिएको थियो। 

कार्यक्रम आयोजक समितिकी सचिव तथा साइन्टिफिक कमिटीकी अध्यक्ष निष्ठा श्रेष्ठले सम्मेलनमार्फत नेपालमा फिजियोथेरापी विधाले निकै नै फड्को मारेको बताएकी थिइन्। 

५ मंसिर, २०७८, १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।