लेबनानको सडकमा नेपाली सेनाको रङरोगन

लेबनानको सडकमा नेपाली सेनाको रङरोगन

मिसन टोलीले विद्यालयमा अध्ययनरत करिब २ सय जना विद्यार्थीहरूलाई नेपाली शान्ति सैनिक युनिटको तर्फबाट स्टेशनरी सामानहरू र डेण्टल हाईजिन किट  वितरण गरेको छ। 

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार लेबनानमा तैनाथ बर्दबहादुर गण ६२ औँ डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्रका जनतालाई स्वास्थ्य, शिक्षा, वातावरण र आर्थिक क्षेत्रमा सहयोग पुर्याएको हो। 

‘हरियाली लेबनान’ अभियानअन्तर्गत स्थानीय तलुसा नगरपालिकामा जैतुन र सल्लाका बिरुवा तथा  साक्रा र माज्दल स्लिम नगरपालिकामा स्थानीय हाटबजार लाग्ने करिब ४ सय मिटर सडकमा रङरोगन सहितको करिडोर निर्माण गरेको नेपाली सेनाले जनाएको छ।

९ कात्तिक, २०७८, २०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।