मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्तावमा भोलि मतविभाजन 

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्तावमा भोलि मतविभाजन 

कार्तिक ४ गते प्रदेश सभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमा भोलि मतविभाजन हुने प्रदेश सभा सचिवालयले जनाएको छ। 

नेकपा एमालेबाट मुख्यमन्त्रीमा नियुक्त शाक्य अल्पमतमा परिसकेकी छन्। एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादीबाट मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्ताव भएको छ। बागमती प्रदेश सभामा अहिले १०९ सदस्य कायम छन्। 

मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउन ५५ सदस्य आवश्यक पर्छ। एमालेका १३ जनाले एकीकृत समाजवादी रोजेपछि एमालेसँग ४३ मत मात्रै छ। नेपाली कांग्रेससँग २२, नेकपा माओवादी केन्द्रसँग २३ र एकीकृत समाजवादीसँग १३ मत रहेको छ।

९ कात्तिक, २०७८, २०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।