प्रधानन्यायाधीशबारे मुख खोले प्रचण्डले : महाअभियोगबारे छलफल भएको छैन

प्रधानन्यायाधीशबारे मुख खोले प्रचण्डले : महाअभियोगबारे छलफल भएको छैन

चितवन पुगेर प्रचण्डले सञ्चारकर्मीसँग प्रधानन्यायाधीशबारे बढेको विवादबारे गठबन्धनमा रहेका पाँचै दलको बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने बताए।

उनले सोमबार गठबन्धनका पाँच मध्ये तीन पार्टी जुटेको र त्यहाँ प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने या नलगाउनेबारे छलफल नभएको उनले बताए।

'महाअभियोग लगाउने विषयमा प्रसङ्ग नै छैन। एक/दुई दिनभित्र गठबन्धनले धारणा सार्वजनिक गर्ने छ,’ उनले भने।

उनले प्रधानन्यायाधीशको कोटामा मन्त्री बनेका भनिएका गजेन्द्र हमालले राजीनामा दिँदा विवाद चर्किएको बताएका थिए।

९ कात्तिक, २०७८, १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।