ओली सरकारको निर्णय उल्टियो, राष्ट्रिय पुस्तकालय जमलमा बनाउने मन्त्रिपरिषदको निर्णय 

ओली सरकारको निर्णय उल्टियो, राष्ट्रिय पुस्तकालय जमलमा बनाउने मन्त्रिपरिषदको निर्णय 

काठमाडौं : मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्रिय पुस्तकालय भवन जमलमा बनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयको प्रस्ताव अनुसार जमलमा पुस्तकालय बनाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए।

'जमलमा पुस्तकालय बनाउने निर्णय भयो,' मन्त्री पौडेलले उकेरासँग भने, 'पुस्तकालय जमलमै बन्छ।'

५ साउन २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अन्तिम समयमा पुस्ताकालय भवन जमलमा बनाउने आफैंले गरेको अघिल्लो मन्त्रिपरिषद् निर्णय अर्को निर्णय नभइन्जेलसम्मका लागि रोक्का गरेको थियो।

शक्तिकेन्द्रको दबाबमा ओली सरकारले पुस्तकालय भवन बनाउन रोक्का गरेको भन्दै चौतर्फी आलोचना भएको थियो। जमलमा पुस्तकालय भवन नबन्दा पुस्तक बोरामा कोचेर राखिएका थिए।

सम्बन्धित समाचार

९ कात्तिक, २०७८, १०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।