आजबाट एस्ट्राजेनिकाकाे दाेश्राे मात्रा खाेप लगाइँदै

आजबाट एस्ट्राजेनिकाकाे दाेश्राे मात्रा खाेप लगाइँदै

काठमाडाैंः काेराेना भाइरसविरुद्धकाे एस्ट्राजेनिका खाेपकाे दाेश्राे मात्रा आज लगाइँदै छ। काठमाडाैंमा १८ वर्षमाथिका पहिलाे मात्रा लगाएका नागरिकहरूलाई दाेश्राे मात्रा लगाइने भएकाे हाे। 

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडाैं महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा दोस्रो डोज खाेप कार्यक्रम सञ्चालन गरिने भएकाे हाे। 

काठमाडाैं महानगरपालिकाकाे हकमा वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति अस्पताल, निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)बाट आज र भाेलि खाेप लगाउन सकिने छ। अन्य पालिकामा भने तीन दिन खाेप सञ्चालन हुनेछ। 

खोपको दोस्रो मात्रा लगाउन जाँदा पहिलो मात्रा खोप लगाउँदाको खोप कार्ड अनिवार्य बोक्नुपर्ने छ।

९ कात्तिक, २०७८, १०:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।