म्यानचेस्टर यूनाइटेडलाई ५-० ले हराएपछि लिभरपुल दाश्राे स्थानमा उक्लियाे

म्यानचेस्टर यूनाइटेडलाई ५-० ले हराएपछि लिभरपुल दाश्राे स्थानमा उक्लियाे

१० खेलाडीमा सीमित भएकाे म्यानचेस्टरविरुद्ध जीत दिलाउन माेहम्मद सलाहले हयाट्रिक गरे। उनले ३८ मिनेटमा पहिलाे गाेल गरेका थिए भने पहिलाे हाफकाे इन्जुरी समयमा पनि थप एक गाेल गरे। त्यस्तै खेलकाे ५० औं मिनेटमा एक गाेल थप्दै शानदार ह्याट्रिक हाने। 

त्यस्तै नेबी केइटा र डिएगो जोटाले पनि एक/एक गोल गरे।

खेलकाे ६० औं मिनेटमा म्यानचेस्टरका पउलाे पाेग्वाले रेड कार्ड पाएर मैदान छाेडे। खेलमा म्यानचेस्टरका खेलाडीकाे फ्रस्टेसन प्रष्ट देखिन्थ्याे। 

जीतसँगै लिभरपुल लिगकाे दाेश्राे स्थानमा उक्लिएकाे छ। ९ खेलमा ६ जीतसँगै लिभरपुलले दाेश्राे स्थान हासिल गरेकाे हाे। पहिलाे स्थानमा चेल्सी रहेकाे छ। चेल्सीले ९ खेलमा ७ जीत हात पारेकाे छ। 

यस्तै म्यानचेस्टर यूनाइटेड लिगकाे अंक तालिकामा ९ खेलमा ४ जीतसहित साताैं स्थानमा छ। 

८ कात्तिक, २०७८, ०८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।