५५ रनमै वेस्ट इण्डिज अलआउट भएपछि इंग्ल्याण्डकाे सहज जीत

५५ रनमै वेस्ट इण्डिज अलआउट भएपछि इंग्ल्याण्डकाे सहज जीत

काठमाडाैंः इंग्ल्याण्डका बलरसामु वेस्ट इण्डिजका ब्याट्सम्यान निरीह भएपछि सुपर १२ अन्तर्गतकाे दाेश्राे खेलमा इंग्ल्याण्ड विजयी भएकाे छ। भर्खरै सम्पन्न खेलमा इंग्ल्याण्डले वेस्ट इण्डिजलाई ६ विकेटले हराएकाे हाे।

टस हारेर ब्याटिङमा उत्रिएकाे वेस्ट इण्डिजका लागि क्रिस गेलबाहेक अन्य खेलाडीले दाेहाेराे अंक छुन सकेनन्। गेलले जम्मा १३ रन बनाए। उनी टाइमल मिल्सकाे बलमा क्याच आउट हुन पुगे। 

वेस्ट इण्डिजका लागि दाेश्राे उच्च स्काेर सिम्राेन हिटमायरले बनाए। उनले ९ बलमा ९ रन बनाए। 

यता इंग्ल्याण्डका बलर अदिल रसिदले ४ विकेट लिए। माेइन अलीले २ र टाइमल मिल्सले २ विकेट लिए। यस्तै क्रिस वाेक्स र क्रिस जाेर्डनले एक एक विकेट लिए। 

वेस्ट इण्डिजका लागि रवि रामपउलले एक र अकील हाेसेनले दुई विकेट लिए। ब्याटिङतर्फ इंग्ल्याण्डका जस बट्लरले २४ रन बनाए। इंग्ल्याण्डले ७० बल बाँकी छँदै विजयी लक्ष्य भेटाएकाे हाे। 

६ कात्तिक, २०७८, २२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।