टी ट्वेन्टी विश्वकप: बङ्गलादेश र स्कटल्याण्ड सुपर १२ मा

टी ट्वेन्टी विश्वकप: बङ्गलादेश र स्कटल्याण्ड सुपर १२ मा

काठमाडाैंः जारी आईसीसी टी ट्वेन्टी विश्वकप प्रतियाेगितामा स्कटल्याण्ड र बङ्गलादेश सुपर १२ मा प्रवेश गरेका छन्। हिजाे भएकाे खेलमा दुवै टाेलीले विजय हासिल गर्दै सुपर १२ काे यात्रा तय गरेका हुन्। 

बिहीबार राति ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्याण्ड पहिलाे पटक विश्वकपकाे सुपर १२ मा प्रवेश गरेकाे हाे। पहिले ब्याटिङ गर्दै ओमानले एक सय २२ रन बनाएकाे थियाे। जवाफी ब्याटिङमा उत्रिएकाे स्कटल्याण्डले १७ ओभरमै लक्ष्य भेटाएकाे थियाे। 

स्कटल्याण्ड, बङ्गलादेश, ओमान र पपुवा न्युगिनी सम्मिलित समूह 'बी'मा शीर्ष स्थानमा रहँदै स्कटल्याण्ड सुपर १२ मा पुगेकाे हाे। याे समूहमा बङ्गलादेश पनि दाेश्राे स्थानमा रहेर सुपर १२ पुगेकाे छ। 

समूह 'ए'बाट भने यसअघि नै श्रीलंका सुपर १२ मा प्रवेश गरिसकेकाे छ। 

५ कात्तिक, २०७८, ०७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।