नेप्सेकाे 'बाउन्स ब्याक', तर बढेन कारोबार रकम

नेप्सेकाे 'बाउन्स ब्याक', तर बढेन कारोबार रकम

मङ्गलबार पनि नेप्से दाेहाेराे अङ्कले वृद्धि भएकाे थियाे। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १०४.८८ अङ्कले उकालो लागेर नेप्से परिसूचक दुई हजार ८१६.९५ मा पुगेको छ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १९.४७ बिन्दुले बढेर ५२८.१० मा पुगेको छ। आज नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने सुधार भएको छैन। आज कूल २ सय १७ कम्पनीका एक करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता शेयर ६ अर्ब १७ करोड ९३ लाख एक सय ५८ रुपैयाँमा खरीद बिक्री भए।

बुधबारको कारोबारपछि भने बजार पूँजीकरण रु ३९ खर्ब ४२ अर्ब ५५ करोड ८८ लाख १० हजार बराबर पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहको शेयर नै उकालो लागेकाे छ। कारोबारका आधारमा आज पनि अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ।

सो कम्पनीको रु २३ करोड ३४ लाख ८५ हजार ५ सय ११ बराबरको शेयर कारोबार भएकाे थियाे। 

६ असोज, २०७८, १९:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।