कपनमा ढलमा खसेर बालक बेपत्ता

कपनमा ढलमा खसेर बालक बेपत्ता

काठमाडाैं : कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन्।

 

मङ्गलबार राति बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले बताइन्।

'बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन। स्थानीयका अनुसार अन्दाजी १० वर्षका बालक भन्ने जानकारी प्राप्त भएकाे छ', प्रहरी निरीक्षक तिमल्सिनाले उकेरालाई बताइन्। 

उनका अनुसार 'छाेरा हराएकाे' भन्दै दुई जना अभिभावक प्रहरीसमक्ष आएका छन्। हिजाे राति साढे ८ बजे ढलमा खसेर बालक बेपत्ता भएका हुन्।

प्रहरी निरीक्षक तिमल्सिनाका अनुसार विपद् व्वस्थापनबाट आएका १३ जनाकाे टाेलीले ढलकाे अधिकांश भागमा खाेजतलास गरे पनि बालक फेला पर्न सकेका छैनन्। 

६ असोज, २०७८, १२:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।