मन्त्रिपरिषद्मा एक जना थपिने, परराष्ट्रमा डा.नारायण खड्का 

मन्त्रिपरिषद्मा एक जना थपिने, परराष्ट्रमा डा.नारायण खड्का 

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। देउवाले मन्त्रिपरिषद्मा एक जना मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।

नेपाली कांग्रेसका नेता डा.नारायण खड्का परराष्ट्रमन्त्रीमा नियुक्त हुने प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ। 

देउवाले मन्त्री नियुक्त गर्ने विषयमा बिहान बालुवाटारमा छलफल गर्न लागेका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभामा भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली टोली पठाउन प्रधानमन्त्रीले आजै खड्कालाई मन्त्रीमा नियुक्त गर्न लागेका हुन्। 

सत्ता गठबन्धन दलहरूसँग एक जना मन्त्री नियुक्त गर्ने विषयमा सहमति भएकाले आज परराष्ट्र मन्त्री नियुक्त हुने महामन्त्री खड्काले बताए। ‘आज परराष्ट्र मन्त्री नियुक्त गर्ने तयारी छ,’खड्काले उकेरासँग भने,‘त्यसका लागि प्रधानमन्त्री देउवाले छलफल गर्दै हुनुहन्छ।’

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट २ मन्त्री, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट दुई मन्त्री छन्। 

६ असोज, २०७८, ०८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।