प्रदेश

१६ वर्षीया ‘एक दिने’ गाउँपालिका अध्यक्षले गरिन् यी तीन निर्णय

उकेरा संवाददाता


इटहरीः मोरङको बुढीगंगा गाउँपालिकाकी एक दिने अध्यक्ष सुस्मिता ऋषीदेवले बालविवाहविरुद्ध अभियान चलाउने निर्णय गरेकी छिन्। ५७औँ राष्ट्रिय बाल दिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले १६ वर्षीया सुस्मितालाई एक दिन नेतृत्त्व हस्तान्तरण गरेका थिए। 

सुस्मिताले एक दिने कार्यकालमा तीन वटा निर्णय गरेकी छिन्। उनले पहिलो निर्णयस्वरूप स्थानीय शासनमा बालबालिकाको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम गर्नका लागि ५० हजार विनियोजन गरेकी छिन्। 

यस्तै उनले बालविवाह न्यूनीकरणका लागि पालिकाभित्र प्रचारप्रसार तथा चेतनामूलक सन्देश प्रवाह गर्ने सम्बन्धमा पनि निर्णय गरेकी छिन्। सुस्मिताले बुढीगंगा गाउँपालिकाभित्रका प्रत्येक पूर्वाधारलाई बालमैत्री बनाउन सुरुआत गर्ने पनि निर्णय गरेकी छिन्। उनले गरेका निर्णयहरू कार्यपालिका बैठकले अनुमोदन गर्ने अध्यक्ष माझीले जानकारी दिए। 

राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरण तथा बाल हेल्पलाइन र प्रदेश बालबालिका खोजतलास तथा संरक्षण केन्द्रको समन्वयमा उनी अध्यक्ष नियुक्त भएकी हुन्। साँझ ५ बजे बसेको गाउँपालिकाको समीक्षा बैठकले पुनः माझीलाई कार्यभार हस्तान्तरण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

बुटवल चुरे पहिरो विस्थापितलाई घरबहाल रकम दिइने

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले पहिरोले घर पुरिएका र पहिरोकै कारण विस्थापित भएकाहरूलाई रकम दिइने बताए। स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक तथा उपमहानगरपालिका प्रमुख सुवेदीको अध्यक्षतामा....

लखनउ पुग्नु पर्ने बिरामीको कर्णाली प्रदेश अस्पतालमा उपचार  

अस्पतालमा बिरामीको चाप बढेपछि चेकजाँचका लागि ओपिडी टिकट लिन पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न अनलाइन टिकट काटिने अस्पतालका निर्देशक डा. डम्मर खड्काले बताए। अस्पतालले आकस्मिक....

लुम्बिनी प्रदेशका ४ उपमहानगरका यी हुन् कांग्रेस सभापति आकांक्षी 

४ वटै उप–महानगरपालिकामा प्रधानमन्त्री एवं पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले उम्मेदवार घोषणा गरिरहेका छन्। कांग्रेसको तेस्रो धार भनिएको कृष्ण....

आफूलाई मुक्का हान्नेलाई छाड्न बुटवल मेयरको आग्रह

आफूमाथि आक्रमण भएपछि पक्राउ परेका युवा गणेश पङ्गेनीलाई छाड्न प्रमुख सुवेदीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवललाई आग्रह गरिएको बताए । ‘विपतको....

६ महिलाको उद्यम, जसले रोजगारीका लागि भारत जानुपर्ने बाध्यता हटायो

२०७१ सालमा उनीसहित ६ जना महिला मिलेर ‘दिदी–बहिनी चाउमिन उद्योग’ स्थापना गरेका थिए। अहिले चाउमिन उद्योगले उनीहरूलाई स्थापित गराइदिएको छ।  उनीहरू मात्र होइन, चाउमिन उद्योगले....