उकेरा फिचर

आम्दानीको भरपर्दो स्रोत बन्दै शीत्तलचिनीको व्यावसायिक खेती 


बुटवल : खेतबाटै बिक्री र प्रयाप्त आम्दानी हुने भएकाले जरा, बोक्रा, पात डाँठ, फूल, कोसा र बियाँ गरी सबै प्रयोग हुने बहु हितकारी वनस्पति शीत्तलचिनीको व्यावसायिक खेतीमा किसानको आकर्षण बढ्न थालेको छ।

बजारमा बढ्दो माग र पर्याप्त आम्दानी हुने भएकाले शरीरलाई चाहिने भिटामिन, खनिजतत्व, प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, पोटासियम, क्याल्सियम लगायतका पदार्थ पाइने यो शीतलचिनी खेतीमा किसानको आकर्षण बढ्न थालेको हो। रुपन्देहीको सैनामैना र शुद्धोधनमा पनि यसको व्यावसायिक खेती सुरु गरिएको छ।


सैनामैनाको बैकुण्ठपुरका गोविन्दप्रसाद कंडेल र शुद्धोदन गाउँपालिका– १ का झविन्द्रप्रसाद पौडेलले यसको खेती गर्दै आएका छन्। एकीकृत अर्गानिक कृषि फर्म स्थापना गरेर पौडेलले २ वर्ष देखि र रुपन्देहीको कँडेलले ६ वर्ष देखि व्यावसायिक शीतलचिनीको खेती गर्दै आएका हुन्। यी दुवैले यो खेतीबाट मनग्य आम्दानी गरेका छन्।

रोजगारीका क्रममा ९ वर्ष दुबई बसेका कंडेल पछिल्लो ६ वर्ष देखि व्यावसायिक रूपमा शीत्तलचिनी खेती गर्दै आएका छन्। दुबईमा काम गर्दा बहु उपयोगी वृक्ष शीतलचिनीको बारेमा सुनेका कँडेलले २०७१ सालमा साढे ३ लाखको लगानी बाट शीत्तलचिनी खेती सुरु गरेका हुन्। अहिले ५ बिघा क्षेत्रफलमा यसको खेती भइरहेको छ।


आफै प्रशोधन उद्योग समेत सञ्चालन गरेका कँडेलले अन्य किसानसँग शीत्तलचिनी खरिद समेत गर्दै आएका छन्। प्रशोधन उद्योगबाट तयार गरिने पाउडर प्रति केजी १ हजार रुपैयाँमा बिक्री हुने गरेको छ। वार्षिक १५ देखि २० क्विन्टल शीत्तलचिनी उत्पादन तथा बिक्री गर्दै आएका कँडेलले सबै खर्च कटौती गर्दा वार्षिक ६ लाख बढी आम्दानी हुने गरेको बताए। 


गत वर्ष करिब २० क्विन्टल शीत्तलचिनी विक्री गरेका कँडेलले यस वर्ष २५ क्विन्टल बेच्ने लक्ष्य राखे पनि मौसमले साथ नदिएको गुनासो गर्छन्। माग पर्याप्त भए पनि नेपालमा पर्याप्त प्रचार प्रसार हुन नसक्दा यसको उत्पादन कम भएको उनले बताए। त्यस बाहेक कोभिडको कारणले पनि बजारमा सामान पुराउन नसकिएको उनको भनाई छ। ३० लाखको लगानी भइसकेको शीत्तलचिनी खेतीका लागि थप जग्गा लिजमा लिएर उत्पादन बढाउने उनको तयारी छ।


शुद्धोदन –१ मा कुनै बेला बाँझो बगर रहेको ठाउँलाई ३ वर्ष पहिले झविन्द्रप्रसाद पौडेलले शीत्तलचिनी खेती लगाएर हरियाली पारेका छन्। बगर क्षेत्रको ३ बिगाहा क्षेत्रफलमा शीत्तलचिनी खेती लगाएका पौडेलले १२ लाख लगानी गरेका छन्। लगानी गरेकै वर्षबाट आम्दानी भएको शीत्तलचिनी बाट ३ वर्षमै पूर्ण रूपमा उत्पादन लिन सकिने फार्म सञ्चालक पौडेलले जानकारी दिए।

किलो कै ५ सय ५० रुपैयाँ


शीत्तलचिनी नदी उकास क्षेत्रमा रहेको बलौटे माटोमा धेरै उत्पादन हुन्छ। प्रशोधनकर्ताले उत्पादकलाई प्रतिकिलो  ५५० का दरले खेतबाट नै उठाउने गरेका छन्। रुपन्देहीमा अहिले उत्पादन भइरहेको शीत्तलचिनी पिकेएमवान जातको हो। कुनै बेला यसको उत्पादन भए पनि प्रशोधन गरी बिक्री गर्नका लागि रुपन्देही बाहिर पठाउनुपर्ने बाध्यता थियो। अहिले बुटवल– १२, तामनगरमा सुधासंजीवनी शीतलचिनी उद्योग स्थापना भएको छ । त्यहीं यसको प्रशोधन हुँदै आएको छ।


शीतलचिनी (मोरिङ्गा) के हो ?


मोरिङ्गा (मुनगा) नेपालको तराई मधेस तथा मध्य पहाडमा छिटो तयार हुने बिरुवा हो। मानव शरीर लाई आवश्यक पर्ने ९० भन्दा बढी किसिमको पोषण तत्त्व र ४६ किसिमका एन्टी अक्सिडेन्ट यो बिरुवा बाट बन्ने औषधिमा पाइन्छ।
लिची र आँप हुने ठाउँमा सजिलै लगाउन सकिने यो बिरुवा बलौटे माटोमा पनि सप्रिन्छ। जुन मानव खाद्य पदार्थ, औषधी, रङ्ग, घाँस तथा पानी शुद्धीकरणमा प्रयोग हुने बाली हो।


यो विभिन्न देशमा विभिन्न नामले चिनिन्छ। ड्रम पिट्ने लट्ठी जस्तो भएकोले अंग्रेजीमा ड्रम स्टिक भनिन्छ भने जराको गन्ध मूलाको जस्तो भएकोले होर्सर्याडिस पनि भनिन्छ।


दक्षिणी भारतमा मोरिङगा, नेपालको मधेस तराईमा सोहजन, सहजन, मुन्गा र पहाडमा शितलचिनी नामले चिनिन्छ । यसका विभिन्न प्रजातीमध्ये मोरिङगा ओलिफेरा बढी लाभदायक तथा चमत्कारी मानिन्छ। यसको पातमा गाजरमा पाइने भिटामिन ए (बीटाकेरोटीन) भन्दा १० गुणा बढी, सुन्तलामा भन्दा सात गुणा बढी भिटामिन सी, दूधमा भन्दा १० गुणा बढी क्याल्सियम, पालुङोमा भन्दा २५ गुणा बढी आइरन, गहुँ भन्दा १५ गुणा बढी फाइबर, अण्डामा भन्दा ३ गुणा तथा गाईको दूधमा भन्दा २ गुणा बढी प्रोटिन, रायो भन्दा ३ गुणा बढी भिटामिन ई, र केरामा भन्दा १५ गुणा बढी पोटासियम पाइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पार्वतीको अचार उद्यम: १७ वर्ष विदेशमा रहेका श्रीमान्‌ नेपाल फर्किए, महिनामा तीन लाखको हुन्छ कारोबार

गोलभेँडा, काभ्रो, केराको बुङ्गा, काँक्रा, सिलाम र टिमुरको अचार उबेला निकै मीठो बनाउँथिन् रे, पार्वतीले। अहिले पार्वतीको अचारको स्वाद परिवारभित्र मात्र सीमित छैन। उनले तिलोत्तमा-१....

यस्तो बन्दैछ सहरी विकास तथा भवन निर्माण विभागको प्रवेशद्वार, चार पिल्लरका चारै सन्देश !

नेपाल सरकारको कार्य विभाजन नियमावली ऐन २०७४ मातहत मुख्य रुपमा सहरी क्षेत्र, भवन र आवास क्षेत्र निर्माणको जिम्मेवारी सो विभागले लिँदै आएको छ। साथै विभागले....

उत्तमरत्न शाक्य जसले ब्युँताए हराउन लागेको मिप्वाः लाखे नाच

मिप्वा लाखेलाई यसरी रिस उठ्नुको कारण छ। उसलाई मुख चुत्त परेको, हरियो लुगा लगाएको तिन्पाकुचा अर्थात् भ्यागुतोले जिस्क्याएर हैरान छ। त्यसैले रिसको झोकमा ऊ आगोको....

सफलताको कथा : इलेक्ट्रिकल इन्जिनियर जो पशुपालनबाट मासिक १५ लाख कमाउँछन्

‘यहाँ नगरेर रहेछ। गर्न सके जे काममा पनि कमाउन सकिन्छ। ३५/४० हजार कमाउन कहीँ कतै जानै पर्दैन। मात्र नेपालीले आफ्नो देशमा कर्म गर्नुपर्छ,’ बासुले भने।....

टिकटक बनाएर भाइरल हुनुपर्ने दबाबमा बालापन गुमाउँदै बालबालिका

तर, आमाको टिकटक बनाउने काम रोकिएन। बरू टिकटक बनाउनै भनेर नयाँ लुगा किनिदिएको भन्दै गाली पो गर्न थालिन्। रत्नपार्क फनपार्कको यो दृश्य अहिले पार्क र....