दोहोरो अंकले घट्यो नेप्से 

दोहोरो अंकले घट्यो नेप्से 
सांकेतिक तस्बिर।

काठमाडौं : साताको अन्तिम कारोबारको दिन आज (बिहीबार) सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १६ अंकले घटेर ३ हजार १ सय ७ दशमलव ४५ अंकमा झरेको छ। यसअघि हिजो (बुधबार) नेप्सेले रेकर्ड कायम गरेको थियो। 

सेन्सेटिभ इन्डेक्स भने ०.६४ अंकले बढेको छ। 

आज २ सय २६ कम्पनीका १ लाख ३५ हजार ४२ कारोबार भएका छन्, जसमा २ करोड ८८ लाख ४५ हजार ४ सय ३१ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९ सय ६५ रूपैयाँको कारोबार भएको छ। 

आज समूहगत सबइन्डेक्समध्ये विकास बैंक समूह भने १०८.६९ अंकभन्दा धेरैले बढेको छ। यस्तै, बैंकिङ समूह पनि झिनो अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। अन्य समूहका सबइन्डेक्स घटेका छन्।


 

२१ साउन, २०७८, १५:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।